काठमाडौं– प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाललाई दोस्रो सफलता मिलेको छ। नेपालका लागि नवयुग श्रेष्ठले गोल थपे। उनले ५६ औं मिनेटमा ३५ यार्ड टाढाबाट गोल गरे।
यसअघि खेलको ३१औं मिनेटमा नवीन लामाको कर्नरमा अनन्त तामाङले गोललाइनबाट हेडरमार्फत् गोल गरेका थिए। जारी खेलमा नेपालले २-० को अग्रता लिएको छ ।
प्रतियोगिताको उपाधि विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाउने बताइएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५०० अमेरिकी डलर र हरेक खेलको प्लेयर अफ द म्याच खोडीलाई २५० अमेरिकी डलर पुरस्कार दिइनेछ।
प्रतियोगितमा नेपाल, लाओस र भुटान सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।