काठमाडौं– नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्नातक तह चौंथो वर्षको परीक्षाको केन्द्र सारिएको भन्दै विरोध जनाएको छ।
बुधबार अनेरास्ववियुले एक विज्ञप्ति जारी गर्दै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको परिणामबाट अत्तालिएर त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही चैत्र १२ गतेदेखि हुन गइरहेको स्नातक तह चौथो वर्षको परीक्षाको केन्द्र विद्यार्थीहरुलाई दु:ख दिने अभिप्रायले धेरै टाढा राखिएको बताएको छ।
परीक्षाजस्तो संवेदनशील विषयमा परीक्षा नियन्त्रण कार्यालय गैरजिम्मेवार बनेको अनेरास्ववियुको भनाइ छ। उक्त निर्णय यथाशीघ्र फिर्ता लिन परीक्षा नियन्त्रण कार्यालयसमक्ष अखिलले माग गरेको छ।
विद्यार्थीहरुको जायज माग सम्बोधन नभएमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने र त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवार सम्बन्धित पक्ष हुने अखिलको चेतावनी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।