काठमाडौं– जनकपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष र वडासचिव ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास टोलीले उनीहरु दुवै जनालाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा एक होटलबाट नियन्त्रणमा लिएको हो।
जनकपुरको विवाह मण्डप पछाडि रहेको रोहन होटलबाट सो वडाका वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार राय घुससहित पक्राउ परेका हुन्।
अख्तियारका प्रहरी नायब उपरीक्षक शुभाष राय नेतृत्वको टोलीले उनीहरु दुवैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। अख्तियारका अनुसार उनीहरुले जग्गा दर्ता गर्ने शिलशिलामा सेवाग्राहीबाट घुस रकम लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।