काठमाडौं– त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको इकाइ सभापतिका लागि तीन जनालाई जिम्मेवारी दिइएको पत्र सार्वजनिक भएपछि सर्वत्र नेविसंघ नेतृत्वको आलोचना भइरहेको छ।
बुधबार नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाको पुत्ला दहन समेत गरिएको छ। नेविसंघ त्रिवि समितिको अध्यक्षभन्दै तीन जनालाई पत्र पठाइएको भन्दै नेविसंघकै कार्यकर्ताले अध्यक्ष शेर्पाको पुत्ला दहन गरेका हुन्।
नेविसंघ त्रिवि समितिका सभापति विष्णु बडैलाले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल विधार्थी संघ, त्रिभुवन विश्वविद्यालय समितिको ऐतिहासिक गरिमा र ओजलाई प्रहार हुने गरी अध्यक्ष शेर्पाले त्रिभुवन विश्वविद्यालयमा गरेको चिठ्ठी आतंक गरेको भन्दै पुत्ला दहन गरिएको जानकारी दिए।
शेर्पालाई सयमै सच्चिन चेतावनी दिँदै समयमै आफ्नो छाडापन नियन्त्रण नगरे कारबाही गरिनेसमेत उनले बताएका छन्। एक विज्ञप्ति जारी गर्दै बडैलाले शेर्पालाई आफ्नो व्यवहार सच्याउन चेतावनी दिएका छन्।
1679501234.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।