काठमाडौं– नेकपा एमालेको प्रथम कर्णाली अधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका लागि गुलाबजंग शाहको जित सुनिश्चित भएको छ।
खसेको मध्ये १०९ मत गणना हुन बाँकी छ। अहिलेसम्म ५०० मत गणना भएको एमालेले जनाएको छ। तर गन्न बाँकी मतभन्दा धेरै मतान्तरले शाहले अग्रता लिएका छन्।
५ सय मत गणना हुँदा शाहले ३१० मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी मीनबहादुर शाहीले १६४ मत प्राप्त गरेका छन्। उनीहरुबीको मतान्तर १४६ रहेको छ।
यस्तै उपाध्यक्षमा टकेराज पछाईंले अग्रता बढाएका छन्। उनले २८५ मत पाउँदा उनका प्रतिस्पर्धी लालबहादुर महतराले १४३ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा १४२ मतान्तर रहेको छ।
यस्तै सचिवमा पनि ध्रुब शाहीको जित सुनिश्चित भएको छ। उनले ३३९ मत पाउँदा उनका प्रतिस्पर्धी रुद्र शाहीले १३३ मत पाएका छन्। उनीहरुको मतान्तर २०६ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।